विराटनगरमा प्रदेश स्तरीय रोजगार मेला आयोजना हुँदै, १ हजार २ सयले रोजगारी पाउने

विराटनगरमा प्रदेश स्तरीय रोजगार मेला आयोजना हुँदै, १ हजार २ सयले रोजगारी पाउने

१९ असार, विराटनगर ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था गर्न रोजगार मेलाको आयोजना गर्ने भएको छ । मन्त्रालयले असार २८ गतेदेखि विराटनगरस्थित जैन भवनमा ‘प्रथम प्रादेशिक रोजगार मेला २०७६’ को आयोजना गर्ने भएको हो ।

मेलाको बारेमा जानकारी दिन बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले बेरोजगारी न्युनीकरणका लागि रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । उनले रोजगार मेलामा रोजगारदाता र वेरोजगार जनशक्ति बीचको पुलको काम प्रदेश सरकारले गरेको बताए ।

रोजगारदाताबाट १ हजार २ सय पदहरुमा रोजगारी गर्ने जनशक्ति माग भएको हुँदा सो संख्यामा बेरोजगार युवालाई रोजगारमा जोड्ने मन्त्रालयले अपेक्षा राखेको छ । रोजगार मेलामा सहभागि हुने बेरोजगार जनशक्तिले अनलाइनमार्फत पनि फारम भर्ने व्यवस्था मिलाएको छ। मेलामा सहभागि हुनेका लागि मन्त्रायले असार १७ देखि २४ गते साँझसम्म रोजगारी आवेदन फारम खुल्ला गरिएको मन्त्रालयले जनाएको छ ।

रोजगारी आवेदन फारम भर्न प्रदेश १ मा रहेका प्रत्येक स्थानीय तहसँग समन्वय गरि रोजगार संयोजनमार्फत फारम भर्न मिल्ने मन्त्रालयले जनाएको छ। रोजगार फारम भर्नेले मात्र रोजगार मेलामा सहभागि हुन पाउनेछन् । रोजगार मेलाको मूल समितिमा जिल्ला प्रशासन कार्यालय मोरङ रोजगार शाखा, विराटनगर महानगरपालिका, मोरङ प्रहरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र इटहरी, नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ। प्रथम रोजगार मेला आयोजना गर्न सामाजिक विकास मन्त्रायले २५ लाख रूपैयाँ बजेट बिनायोजन गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.