दिपक मनाङ्गे नेकपामा प्रवेश, गण्डकीका मुख्यमन्त्री गुरूङद्वारा स्वागत

दिपक मनाङ्गे नेकपामा प्रवेश, गण्डकीका मुख्यमन्त्री गुरूङद्वारा स्वागत

१९ असार, पोखरा ।
गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।

मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरे । स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गे नेकपाकै समर्थनमा मनाङ ‘ख’बाटसांसद निर्वाचित भएका थिए ।

ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिन पाएका थिएनन्। अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए ।

राजीवसँगै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका किसान महासंघका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.