एजेन्सी , असार १९
बलिउड चलचित्र ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा २ सय करोडको व्यापार गरेको छ । सुपरस्टार शाहिद कपूर र नायिका कियारा आडवाणी अभिनित ‘कबीर सिंह’ले दोस्रो हप्तामा पनि बक्सअफिसमा आफ्नो व्यापार कायम राख्दै २ सय करोडको करोडको आँकडा पार गरेको हो ।
‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यो फिल्मले प्रदर्शनको पहिलो हप्तामै भारतभित्रै मात्र १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो । दोस्रो हप्तामा आएर २ सय करोडको आँकडा पार गरेको हो । दोस्रो हप्ताको छैटौं दिनसम्ममा २ सय ६ करोड ४८ लाखको व्यापार गरेको छ ।
यो फिल्मले शाहिद कपुरको करियरमै पहिलो पटक बक्सअफिसमा २ सय करोडको व्यापार गरेको हो । २१ जूनमा रिलिज भएका ‘कबीर सिंह’ सबैभन्दा धेरै कमाउने र सन २०१९ को सबैभन्दा छोटो समयमा २ सय करोड कमाउने फिल्म बनेको छ ।









