संसदीय समितिप्रति मन्त्रीको आक्रोश : समितिले आईफाबारे थेसिस नै गरेछ

संसदीय समितिप्रति मन्त्रीको आक्रोश : समितिले आईफाबारे थेसिस नै गरेछ

१९ असार, काठमार्डाैँ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले होहल्लाको भरमा आईफा अवार्ड रोक्न संसदीय समितिले निर्देशन दिएको दावी गर्दै चर्को असन्तुष्टि जनाएका छन् । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड रोक्न होहल्लाको भरमा जे पायो त्यही भाषा प्रयोग गरेर दिएको निर्देशन राम्रो नहुने मन्त्री बास्कोटाको चेतावनीयुक्त भनाई छ ।

बिहीबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसदीय समितिले गहिरोसँग अध्ययन नै नगरी सो निर्देशन दिएकोमा आक्रोश व्यक्त गरे । ‘आईफामा के भएको थियो र ?’, मन्त्री बास्कोटाको भनाई थियो, ‘संसदीय समितिले दिने निर्देशन विषयको गहि¥याईमा पुगेर दिनु पर्छ, होहल्लामा त्यत्तिकै भाषा जे पायो त्यही गरेर निर्देशन दिनुचाँही त्यति राम्रो हुँदैन ।

मन्त्री बास्कोटाले आईफा अवार्ड विजनेशको प्रश्न भएको उल्लेख गर्दै त्यसमा नेपाल सरकारले आयोजनाका लागि सैद्धान्तिक स्विकृति मात्रै दिएको उल्लेख गर्दै त्यसमा पैसा दिने कुनै निर्णय नगरिएको पनि पटक पटक दोहो¥याए । विश्वका विभिन्न २० वटा भन्दा बढि देशहरुमा आयोजना भईसकेको सो अवार्ड नेपालमा गरौं भन्ने प्रस्ताव आएको तर त्यसका मोडालिटीका विषयमा सरकारले छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतारहतारमा ‘आकाश खसेजसरी, धर्ती भासिए जसरी’ निर्देशन दिनु आवश्यक नभएको उनको भनाई छ । मन्त्री बास्कोटाले सरकारले त्यस्ता इभेन्ट आयोजना गर्दा लाभहानीलाई हेरेरै गर्ने बताउँदा पनि संसदीय समितिले त्यसलाई बेवास्ता गरेको आरोप पनि लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.