पूर्वआईजीपी ठकुरीद्धारा सर्वोच्चमा आत्मसमर्पण

पूर्वआईजीपी ठकुरीद्धारा सर्वोच्चमा आत्मसमर्पण

१९ असार, काठमाडौँ ।
सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । सुडानको डार्पmरस्थित मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको अभियोगमा दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक ठकुरीले बिहीबार सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

उनले थुनामा नबसी सर्वोेच्च अदालतको फैसला पुनरावलोकनको सुनुवाई गर्न दिएको निवेदन पनि अस्विकृत भएको थियो । पूर्व प्रहरी महानिरीक्षकद्धय चन्द र हेमबहादुर गुरुङमाथि १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सर्वाेच्च अदालतले गरेको थियो ।

पूर्व प्रहरी महानिरीक्षक ठकुरीले खरिद सम्झौता विपरित समान पठाएकाले भ्रष्टाचारजन्य कसुर गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानवीन पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूल २८ करोड ८१ लाख माग दावी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०६८ साल जेठ २४ गते दायर गरिएको सो मुद्दामा ३ पूर्व प्रहरी महानिरीक्षक, ३४ जना प्रहरी अधिकृतहरु र त्यसका ठेकेदार कम्पनी विरुद्ध सो मुद्दा दायर गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.