विराटनगर महानगरपालिकाका जनप्रतिनिधिलाई दश हजार पोशाक भत्ता

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिलाई दश हजार पोशाक भत्ता

विराटनगर : विराटनगर महानगरपालिकाले जनप्रतिनिधिहरुलाई पोशाकको लागि प्रत्येक सदस्यलाई १० हजार रुपैँया बजेट दिने भएको छ ।

प्रशासनिक खर्च वृद्धि गरेको आरोप खेपिरहेको महानगरले चौथो नगरसभाबाट निर्णय गर्दै जनप्रतिनिधिहरुलाई पोशाकका लागि प्रतिव्यक्ति दश हजार रुपैँया दिने निर्णय गरेको हो ।

प्रशासनिक खर्च बढाउने क्रममा महानगरले जनप्रतिनिधिको मोवाइल खर्च भन्दै मासिक १ हजार ५ सय रुपैँया दिने निर्णय पनि गरेको छ । सो भत्तामा इन्धन खर्च समेत उल्लेख गरिएको छ ।

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा सय जना जनप्रतिनिधि छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.