२० असार, विराटनगर ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ गछिया पुलमा बिहिवार साँझ टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । ठक्करबाट साइकलयात्री सुन्दरहरैँचा नगरपालिका–६ का ५७ बर्षीय बल बहादुर राईको मृत्यु भएको हो ।
साईकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका राई सडकमा अनियन्त्रित भई आफै लडेका थिए । सडकमा लडेका उनलाई सोही दिशाबाट आईरहेको ना १ क ८४०६ नम्बरको टिपरले ठक्कर दिंदा घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बिहीबार साँझ स मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलबारीले जनाएको छ ।
टिपर र चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।