२० असार, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पारेका हुन् ।
तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने उनले बताए । सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क उनको छ । उनले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यंग्य गरे ।
सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिदै आएको लोक कल्याणकारी विज्ञापन रोकिने उनले बताए । संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै मन्त्री बाँस्कोटाले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसद भित्र छलफल नै नगरि संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताए ।