२० असार, भक्तपुर ।
एसइइको परिक्षा परीक्षामा चित्त नबुझेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठीमिमा निबेदन दिने काक्षा १० का विद्यार्थीहरूको लाईन लागेको छ । राम्रो लेखेको विषयमा कम नम्बर आएको भन्दै उनीहरू रिटोटलिङ गराइ माग्न निवेदन दिन आएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयले रिटोटलिङ नतिजा एक महिना पछि मात्र आउने भने विद्यार्थीहरू झन आक्रोशित बनेका छन् । कपी चेक गर्ने बेला लापरबाही भएको उनीहरूको गुनासो छ । एक विद्यार्थीले आक्रोशित हुँदै भने ‘चेक गर्ने बेला लापरबाही गरियो, अझै रिटोटलिङ गर्न एक महिना लगाउने भयो’ ।
कतिपय विद्यार्थीहरूले सबै विषयमा ए प्लस आएर एक बिषयमा मात्रै डी,इ ग्रेड राखिएको बताए । जसका कारण आफु राम्रो कलेजले भर्ना लिन नसक्ने भएको गुनासो गरे । रिटोटलिङको लागि पूर्वदेखि पश्चिमका विद्यार्थीहरु अहिले परिक्षा नियन्त्रण कार्यालय धाईरहेको छ ।
यता परीक्षा नियन्त्रक बिष्णु प्रसाख अधिकारीले रिटोटलिङ नियमानुसार नै गरिने बताए । उनले सकेसम्म छिटो परिणाम निकाल्ने कोशिस गर्ने बताए ।अहिले परिक्षाको परिणाम चित्त नबुझे पहिला रिटोटलिङ गर्ने, अनि रिचेक गर्न पाउँ भनी निवेदन दिने र तेस्रो पटक कपी हेर्न पाउँ भनि निबेदन दिन पाउने व्यवस्था भएको उनले बताए ।