२० असार, भारत ।
भारतको राजधानी नयाँदिल्लीमा पाँच वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ ।
प्रहरीले सामूहिक बलात्कारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु पनि नाबालिग रहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार ती बालिकालाई सामूहिक बलात्कार गर्ने १० र ११ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएर सुधार गृहमा राखिएको छ । समाचार एजेन्सीहरुका अनुसार घर नजिकैको पार्कमा खेलिरहेकी ती बालिकालाई छिमेककै दुई बालकले बलात्कार गरेका हुन । निकै बेरसम्म बालिका घर नपुगेपछि उनकी आमाले पार्कतिर खोजीगर्दा रोइरहेको अवस्थामा फेला पारेको बताइएको छ । उनी पुग्ना साथ दुवै बालक भागेका थिए ।
प्रहरीको सहयोगमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पाइएको हो ।