विराटनगर : नोबेल मेडिकल कलेज विराटनगरले बाहिरका औषधी ब्यावसायीलाई अस्पताल प्रवेशमा रोक लगाएको छ । औषधी र उपचारका बारेमा जानकारहरुलाई प्रवेशमा रोक लगाईएपछि ब्यवसायीहरु आक्रोशित भएका छन् ।
अस्पताल हाताभित्रको औषधी पसलले बिरामिलाई बढी मुल्य लिएर बिक्री गरेको खबर बाहिर आउन सक्ने देखेर अस्पतालले नै रोक लगाएको स्थानीय व्यबसायीको भनाई छ । पत्थरी भएका बिरामीलाई शल्यक्रिया गर्दा प्रयोग गरिने ‘डीजे गार्ड ’को मुल्य ३ हजार रुपैँया भन्दा कम पर्छ । ब्यवसायीका अनुसार बाहिर ३ हजार ५ सय रुपैँयामा बिक्री हुने डीजे गार्डलाई भित्र रहेका पसलले ९ हजार रुपैँयामा बिरामीलाई दिने गरको ब्यवसायीको दाबी छ ।
गत १६ गते सिताराम फार्मेसीका कर्मचारी अस्पतालभित्र प्रवेश गर्दा विवाद भएको थियो । अस्पतालभित्रको औषधी पसलका कर्मचारीले भित्र प्रवेशमा रोकेपछि दुईबिच कुटाकुट भएको थियो । दुबैलाई प्रहरीले पक्राउ गरी एक रात थुनेर सहमती गराई छाडेको थियो । घटनापछि अस्पताल प्रशासनले १८ गते सुचना जारी गरेर फार्मेसीका मानिस र एम्बुलेन्स चालकलाई रोक लगाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।