काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापना गर्न विवादित मलेसियालीली कम्पनीसँग सम्झौता गरेको छ ।,याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रणालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादित छ ।
प्राधिरणले एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा मलेसियाको कम्पनी आफ्नै सरकारी निकायले निलम्बन गरेको भन्दै मुद्दा प्रक्रियामा थियो। मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले १९ मार्च २०१९ मा सार्वजनिक गरेको सन् २०१७ को वार्षिक प्रतिवेदनमा तथ्यांक सुरक्षा गर्न नसकेको आरोपमा न्युमेरालाई भुक्तानी रोक्का गरिएको उल्लेख छ। न्युमेराले मलेसियाको मल्टिमिडियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो।