२१ असार, विराटनगर ।
विराटनगर शिक्षाको अन्र्तराष्ट्रिय हब बन्ने दिसातर्फ अग्रसर रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ब्यवस्थापन शिक्षामा अग्रणी भुमिका निर्वाह गर्दै आएको मेरिल्याण्ड कलेजले आज नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक भेषराज पोखरेलले विराटनगरले शिक्षा क्षेत्रमा निरन्तर प्रगति गर्दै गएको बताए । उनले नगरक्षेत्रमा रहेका २ वटा मेडिकल कलेजका अलावा इन्जिनियरिङ कलेज,नर्सिङ कलेजहरु र उत्कृष्ट विद्यालयहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका विद्यार्थी र अभिभावकको ध्यान खिच्न सफल भएको बताए ।
पोखरेलले हालै एक निजी पत्रिकाले गरेको सर्वेक्षणमा आफु सम्बद्ध मेरील्याण्ड प्लस टु ले देशभरिका ४ हजार ३ सय ८० प्लस टुमध्ये उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल भएको जानकारी दिए । मेरिल्याण्ड कलेजमा हाल हाल बीरगंजदेखी कांकडभिटट सम्म तथा भारत पश्चिम बंगालको सिलिगुडीबाट समेत विद्यार्थीहरु अध्ययनकालागि आउने गरेको कलेजका अध्यक्ष गुणराज ढुंगेलले बताए ।
नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धु पोखरेलले शिक्षाको गुणस्तर र सुविधायुक्त अध्ययनको वातावरणको बिशेषताले बाहिरी विद्यार्थीहरु विराटनगरका कलेज र विद्यालयहरुमा अध्ययनगर्न आर्कषित भएको विचार ब्यक्त गरे ।