विराटनगर : आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका दक्षिणपुर्वी मोरङका किसानहरुले वर्षा हुने जनविश्वास साथ शनिबार भ्यागुताको विवाह गरेका छन् । असार बित्न लाग्दासमेत वर्षा नभएपछि वर्षा हुन्छ भन्ने विश्वासका साथ किसानहरुले रंगेली संसारी माईस्थान मन्दिरमा भ्यागुताको विवाह गरेका हुन् ।
सो क्रममा उनीहरुले विधिवत रुपमा भाले र पोथी भ्यागुताको विवाह गरेका थिए । संसारी मन्दिरका पुजारी राजु अधिकारीले वैदिकमन्त्र पढेपछि भाले भ्यागुताका दतर्फबाट पोथी भ्यागुतालाई चुरा–पोतेसहित विभिन्न श्रृङ्गारका सामाग्री लगाएर बेहुलीजस्तै सिंगारिएको थियो ।

किसानहरुले भाले –पोथी दुबै भ्यागुतालाई दुबोको माला लगाईदिएका थिए । रंगेली नगरपालिका – ७ का रामचन्द्र मण्डल र संसारी मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष संजिव श्रेष्ठले बेहुला र बेहुली पक्षको भुमिका निर्वाह गरेका थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।