कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

एजेन्सी, असार २२
जारी कोपा अमेरिका २०१९ को तेस्रो स्थानको लागि शनिबार भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो ।

खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । जिओभानी लो सेल्सोको पासलाई सदुपयोग गर्दै डिबालाले प्रतियोगिताको पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले अनावश्यक फल प्रहार गरिरहेका थिए ।

दोस्रो हाफमा चिलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेल २–१को स्थितिमा ल्याए । तर थप गोल हुन नसक्दा अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो ।

अब कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु खेल्दैछन् । ब्राजिलले अर्जेन्टिना र पेरुले चिलीलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।

मेस्सीलाई  रेडकार्ड

पहिलो हाफको ८ मिनेट समय बाँकी रहँदा चिलीका ग्यारी मेडेल र अर्जेन्टिनाका लिओनेल मेस्सीले एक अर्कालाई ठेल्न थालेपछि दुवैलाई रेडकार्ड दिईएको थियो ।
रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए । बल बाहिर गइसकेपछि मेडेलले मेस्सीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए । यो मेस्सीको करिअरको दोस्रो रातो कार्ड हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.