नारायणहिटी संग्रहालयको गुरुयोजना बन्दै, संग्रहालय प्रमुखको आपत्ति

नारायणहिटी संग्रहालयको गुरुयोजना बन्दै, संग्रहालय प्रमुखको आपत्ति

काठमाडाैं : पुरातत्व विभागले नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण गरेको छ । नारायणहिटी दरबारलाई उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेको हो ।

गुरुयोजनामा संग्रहालयको सबै विषय अध्ययन गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सुझाव दिने भएको छ । गुरुयोजनामा ऐतिहासिक संरचनाको संरक्षण, हाल खुला रहेको कक्षको व्यवस्थापन, खुलाचौरको व्यवस्थापन, राजा त्रिभुवनदेखि वीरेन्द्र, एश्वर्य, दीपेन्द्र, श्रृति निराजनले चढ्ने सवारी साधनलाई प्रदर्शनीमा राख्ने, सम्पूर्ण प्रक्रिया पूरा भएतापनि हालसम खुल्न नसकेको राजा वीरेन्द्रको निजी निवास श्रीसदनलाई खुलागर्ने, हाल परराष्ट्र मन्त्रालयले सञ्चालन गर्दै आएको नारायणहिटी संग्रहालयको भीसा सेन्टरलाई व्यवस्थापन गर्ने लगायतका विषय समेटिएका छन् ।

संग्रहालय प्रमुखको आपत्ति

नारायणहिटी संग्रहालय प्रमुख अद्वैत प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण गर्ने टोलीले संग्रहालय प्रशासनसंँग कुनैपनि विषयमा सोधखोज नगरेको बताएका छन् । ‘हामीलाई पत्तै छैन, समिति बनाउँदा त हाम्रो प्रतिनिधि चाहिन्छ होला नि ?, यो समाचार आजको नेपाल समाचारपत्रमा छपिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.