सार्वजनिक जग्गामा निजी घर बन्दै !

सार्वजनिक जग्गामा निजी घर बन्दै !

काठमाडाैं : कीर्तिपुर नगरपालिका–५ मा सार्वजनिक जग्गा र सांस्कृतिक सम्पदासमेत मिचेर बनाएको भन्दै स्थानीयवासीले एउटा निजी घरको केही अंश भत्काएका छन् । स्थानीयवासीले पटक–पटक सार्वजनिकस्थल मिचेर घर नबनाउन गरेको आग्रहलाई घरधनीले अटेर गरेपछि शनिबार जम्मा भएको भीडले घरको केही अंश भत्काएको हो ।

झापा घर भएकी सानु धिमालले गोरेटोबाटो, सांस्कृतिक महìवको कुवा, खानेपानीका पाइपलाइनमाथि घर बनाएको भनाइ स्थानीयवासीको छ । नापी कार्यालय कलङ्कीका अनुसार, धिमालको जग्गा कित्ता नं. ४८८ हो । वि.सं. २०७१ असार २१ गते सानु धिमालले पाँच आना तीन पैसा एकदाम जग्गा आफ्नो नाममा पास गरेको देखिन्छ । अहिले त्यही जग्गामा बाटो, कुवा र पाइपलाइनसमेत गाभेर छ आना दुई पैसा तीन दाम बनाई नक्सा सुधार गरेको पाइएको छ । त्यही जग्गामा घरको जग हाल्न थालेदेखि नै स्थानीयले विरोध गर्दै आएका थिए ।

कीर्तिपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले वडा कार्यालय र नगरपालिकाले समेत पटक पटक सचेत गराए पनि अटेर गरी घर बनाउन थालेको बताउनुभयो । स्थानीयवासीको गुनासो रस्थानीय सरकारको चेतावनीलाई समेत बेवास्ता गरेर घरको गारो उठाएपछि स्थानीयले हस्तक्षेप गरी सार्वजनिक स्थलमा पर्ने भाग भत्काउने निष्कर्ष निकालेका हुन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.