२२ असार, विराटनगर ।
सुनसरीको दुहबी नगरपालिका–८ स्थित पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याक्ट्रीमा काम गर्ने क्रममा लडेर एक जना कामदारको मृत्यु भएको छ ।
भारत फारबिन्सगंज घर भइ हाल सो फ्याक्ट्रीमा कामदारका रुपमा काम गर्दै आएका ३५ वर्षीय महेन्द्र सिंह शुक्रबार दिउँसो १ बजेको समयमा काम गर्ने सिलसिलामा १ तला माथिबाट झरेर गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा शनिबार ४ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।