‘कलाम युथ लिडरसीप अवार्ड ’बाट विराटनगरका चाँद इराकी सम्मानित हुने

‘कलाम युथ लिडरसीप अवार्ड ’बाट विराटनगरका चाँद इराकी सम्मानित हुने

२२ असार, विराटनगर ।
विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकी ‘कलाम युथ लिडरसीप अवार्ड–२०१९’ बाट सम्मानित हुने भएका छ्न् ।

भारतका पूर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामको सम्झनामा भारतको बिहार राज्यको मोतीहारी जिल्लामा आयोजना गरिने ‘कलाम युथ लिडरसीप कन्फरेन्स –२०१९’ मा उनलाई ख्वाब फाउन्डेसनद्वारा सो अवार्ड बाट सम्मान गरिने भएको हो ।

उनलाई सामाजिक काम र युवा शसक्तिकरणमा योगदान पुर्याएबापत सो अवार्ड प्रदान गरिने भएको छ । त्यसका साथै ‘कलाम युथ लिडरसीप कन्फरेन्स –२०१९’ को ब्रान्ड एम्बास्डरमा समेत इराकीलाई मनोनित गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.