फैसला कार्यान्वयनमा सहयोगको आह्वान

फैसला कार्यान्वयनमा सहयोगको आह्वान

२२ असार, काठमाडौँ ।
सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालतको फैसला कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको स्विकार गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान, नागरिक समाज, सुरक्षा निकाय, स्थानीय सरकार सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।

आईतबार काठमाडौंमा आयोजित फैसला कार्यान्वयनसम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले फौजदारी मुद्दाको फैसला कार्यान्वयन अपेक्षित हुन नसकेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्यको जरुरी रहेको पनि बताए ।

मुख्य रजिष्ट्रार निरौलाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालत भित्र फैसला कार्यान्वयन निर्देशनालय गठन गरेको स्मरण गराउँदै त्यसको कामलाई प्रभावकारी बनाउने काममा पनि सरोकारवाला सबैको सहकार्यबाट मात्रै सम्भव हुने पनि स्पष्ट पारे ।

न्यायिक प्रहरीको समेत व्यवस्था गरिएपनि सरोकारवाला निकायको सहयोग नभएका कारण सर्वोच्च अदालतले जनताको अपेक्षा अनुसार अदालतको फैसला कार्यान्वयन गर्न नसकेको मुख्य रजिष्ट्रार निरौलाको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.