सरकारले भारतसामू लम्पसारवादी नीति लियोः बालकृष्ण खाँड

सरकारले भारतसामू लम्पसारवादी नीति लियोः बालकृष्ण खाँड

२२ असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परिक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरे ।

उनले सरकारले भारतसामू लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप पनि लगाए । प्रमुख सचेतक खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पु¥याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामू निरिहता प्रकट गरेको पनि बताए । सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँडको भनाई छ ।

प्रमुख सचेतक खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा पनि उनले ब्यक्त गरे । सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको दावी थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.