मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ असार, विराटनगर ।
मोरङ लेटाङ नगरपालिका–३ लेटाङ कानेपोखरी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । शनिबार बेलुका ६ बजेको समयमा मोटरसाईकल दुर्घटना हुँदा कानेपोखरीका ३० बर्षिय लेखनाथ दंगालको मृत्यु भएको हो ।

दंगालले चलाएको को २७ प ६४७७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हँुदा दुर्घटनाबाट घाईते भएका दंगाललाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगेकोमा करिब ७ बजे डाक्टरले मृत्यु घोषणा गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.