२२ असार, इटहरी ।
सुनसरीको रामधुनी नगरपालिका–१ सैनिमैनीका प्रमोद चौधरीको ९ बर्षीय छोरा आलम चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनलाई शनिबार राती ८ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको अबस्थामा भेटिएको थियो ।
बालकको शव परीक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।