२२ असार, विराटनगर ।
मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोसी विकास बैंक र धनकुटा केन्द्रीय कार्यालय रहेको कावेली विकास बैंकवीच मर्जरको प्रकृया पुरा भई आइतबार देखि संयुक्त कारोबार सुरू भएको छ ।
विराटनगरमा सप्तकोसी विकास बैंकले एक कार्यक्रमको आयोजना गरी दुवै बैंकको संयुक्त कारोबारको सुरूवात गरिएको हो । मर्जरको भावना वमोजिम कावेली विकास बैंकको दर्ता नम्बर हुने र सप्तकोसी बैंक नाम रहने गरी मर्जर प्रक्रिया सम्पन्न गरिएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा सप्तकोसी विकास बैंकका अध्यक्ष तारानाथ निरौलाले मर्जर भन्ने तर, एक्युजिसन जस्तो गर्ने प्रबृत्तीलाई तोड्दै कावेली र सप्तकोसीले दुबैं बैंकको गरिमा रहने गरी मर्जर प्रकृया सम्पन्न गरेको दाबी गरे ।
सप्तकोसी विकास बैंकका कार्यकारी अधिकृत नविन सुवेदीले हाल ७८ करोड रुपैया रहेको बैंकको चुक्ता पूँजी १ अर्ब २० करोड पु¥याएर प्रदेश स्तरिय बैंकमा रुपान्तरण हुने योजना रहेको बताए । बैंकको हाल शाखा संख्या २७ पुगेको छ । ७ जिल्ला कार्यक्षेत्र रहेको बैंकको करिव ९० हजार निक्षप सदस्य र साँढे ५ हजार संख्यामा ऋण सुविधा लिने ग्राहक छन् ।