नेकपाको राजनीतिक प्रतिवेदन भोलि प्रकाशन हुने

नेकपाको राजनीतिक प्रतिवेदन भोलि प्रकाशन हुने

२२ असार, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ ।

प्रधानमन्त्री समेत रहनु भएका ओलीसँग आईतबार बिहान एक वर्ष अघि नै पार्टीका शिर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन सोमबार नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिएका हुन ।  उनले सो प्रतिवेदन प्रकाशनमा लैजानेसहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुसी पनि व्यक्त गरे । अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धि अन्यौल अन्त्य हुने पनि बताए ।

पार्टी निकट नेपाल दूर संचार राष्ट्रिय कर्मचारी संगठनद्वारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र सो महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुंगो लगाउने उल्लेख गरिएको दावी पनि गरे । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भिर भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले शासनमा पुगेपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियताको ‘ग्राफ’ घटेर जाने गरेको देखिएको उल्लेख गर्दै सो चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.