एजेन्सी,असार २३
महिला विश्वकपको उपाधिसंयुक्त राज्य अमेरिकाले जितेको छ । आइतबार भएको फाइनलमा खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै उपाधि उचालेको हो ।
अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेल समान एकरएक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अमेरिकाले पहिलो हाफमा आधा दर्जनजति नेदरल्यान्ड्सको पोस्टमा प्रहर गर्दा पनि किपरले सबै प्रयास असफल पर्यो ।
दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । बक्स क्षेत्रमा डच डिफेन्डरले अमेरिकन खेलाडीलाई किक हानेर लडाएपछि रेफ्रीले भिएआरको प्रयोग गरेर अमेरिकालाई पेनाल्टी मौका दिएकी थिइन् ।
६९ औं मिनेटमा रोस लाभेल अमेरिकाको अग्रता दोब्बर पारिन् । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अमेरिकाले २–० ले जित्यो ।अमेरिकाको यो चौथो उपाधि हो । पहिलो पटक फाइनल पुगेको नेदरल्यान्ड्स भने उपविजेता मै सिमित भयो ।