छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकले गरे यौन दुव्र्यवहार

छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकले गरे यौन दुव्र्यवहार

काठमाडाै‌ : त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो ।

उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ । उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेस्रो समेस्टरमा पढिरहेकी छिन् ।

कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटेमात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप लगाएकी छिन् । कोइरालाले टेलिफोन र फेसबुक च्याटसमेतमा सताउने गरेको छात्राले आरोप लगाएकी छिन् । ,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.