पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्दै

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्दै

२३ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा एक कार्यक्रमसहित राणा थरकी युवतीसँग स्वयंवर गरेका हुन् ।

६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो । कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन् । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ ।

कांग्रेस नेता कार्कीकी एक जना छोरी पनि छिन् । ६२ बर्षिय कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.