प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउन सुझाव

प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउन सुझाव

२३ असार, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन । पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गरे ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क पनि गरे । संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको तर्क छ ।

यता, काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाएका छन । उनले प्रदेश प्रमुख बाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरे । समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.