२३ असार, काठमाडौँ ।
साहिद कपुर अभिनीत बलिउड चलचित्र ‘कबिर सिंह’को नेपाली भर्जन आउने भएको छ । हलमा प्रदर्शनरत सो चलचित्रको मुख्य भूमिकामा ज्योतिष नायक हरिहर अधिकारी फाइनल भएको खुलेको छ ।
‘कबिर सिंह’ तेलेगु चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी भर्जन हो ।‘अर्जुन रेड्डी’ भद्रकाली पिक्चर्सको ब्यानरमा निर्माण भएको थियो र सोही ब्यानरसँग आधिकारिक रूपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण हुने जानकारी बाहिरिएको हो । भद्रकाली पिक्चर्ससंग कपि राइट्स खरिद गरिसकिएको जनाईएको छ ।
केही दिन पछि ‘अर्जुन रेड्डी’का तर्फबाट ब्यानरका प्रतिनिधि नेपाल आउने र औपचारिक कार्यक्रम आयोजना गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको हरिहर अधिकारीले बताएका छन् । साथमा आफूलाई अर्जुन रेड्डीको अवतारमा प्रस्तुत गर्न यति बेला हरिहर ज्यान बनाउने काम गरिरहेका छन् । चलचित्र ‘शुभ लभ’बाट नेपाली रजतपटमा डेब्यु गरेका हरिहरले आफूलाई कुन उचाइमा पुर्याउनेहुन् त्यो हेर्न बाँकी छ ।









