एसईइमा पास भएको खुसीमा करिष्माले दिइन् पार्टि

एसईइमा पास भएको खुसीमा करिष्माले दिइन् पार्टि

२३ असार, काठमाडौँ ।
अभिनेत्री करिष्मा मानन्धरले एसईइ परीक्षामा सफल भएको अवसरमा आफन्त, साथी भाइ र गुरुहरूलाई पार्टी दिएकी छिन् । एसइइ परीक्षामा उमेरलाई जित्दै सपना पुरा गरेकी मानन्धरले एसइइको सफलताको खुसीमा आईतबार पार्टी दिएकी हुन् ।

पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, अनुराग सिंह कुँवर, पत्रकार विजय रत्न तुलाधर, दीपा श्री निरौला लगायतको उपस्थिति रहेको थियो ।

आजसम्म पनि सदाबहार नायिकाको रूपमा आफूलाई स्थापित गर्न सफल करिष्माले पढाइको कदर र उनले लिएको अठोट पुरा गरेर छाडेकै कारण पनि सरहानिय गरिएको हो ।उनले एसईइमा बि प्लस जिपिए ल्याएर पास भएकी हुन् । अब उनी कहाँ पढ्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.