एसीसी यू–१९ इस्टर्न रिजन : नेपालले उपाधिको लागि हङकङसँग खेल्ने

एसीसी यू–१९ इस्टर्न रिजन : नेपालले उपाधिको लागि हङकङसँग खेल्ने

एजेन्सी, असार २३
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ ।

२ सय ४८ रनको लक्ष्य पक्ष्याएको सिंगापुर २८।२ ओभरमा ९७ रन बनाउन ५ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएपछि नजिता डव अर्थ लेविसका आधारमा पुगेको हो ।

नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । एसिया कपमा यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.