२३ असार, विराटनगर ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनतालाई जागरुक बनाउन र समाज परिवर्तनका लागि पनि सूचनामा महिलाको पहुँच आवश्यक रहेकोमा बताएका छन् ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ सँगको सहकार्य र सञ्चारिका समूह नेपाल प्रदेश नं.१ द्वारा विराटनगरमा आयोजित ‘सूचनाको हक र महिला पत्रकारको पहुँच’ विषयक दुई दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले व्यवसायिक पत्रकारिताका लागि पनि सूचनाको हकको प्रयोग आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा सुचनाको हक प्रयोग गर्दा आशिंक मात्रै सूचना प्राप्त हुने भएकाले त्यसको पारदर्शिता र जवाफदेहिता समेत प्राय उल्लंघन हुने गरेको सुचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले बताईन् । उनले पत्रकारका लागि सूचनाको हक महत्वपूर्ण औजार भएतापनि हाल सुचनाको हक आम नागरिकका लागि नभएर पत्रकारहरुका लागि मात्रै हो भन्ने भ्रम सिर्जना भएको बताईन् । उनले मुलुकको शासन पद्धति पारदर्शी बनाउनका लागि सूचनाको हकले ठूलो भूमिका निर्वाह गर्ने बताईन् ।