मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

२३ असार, विराटनगर ।
मोरङको बुढीगंगा गाँउपालिका–४ स्थित कोशी राजमार्ग सडकखण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।मोटरसाईकलको ठक्करबाट भोजपुर नगरपालिका–३ घर भई बुढिगंगा–४ मा डेरा गरी बस्ने ३४ बर्षीय लोक बहादुर खड्कीको मृत्यु भएको हो ।

सोमबार बिहान १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २८ प १९०७ नम्बरको मोटरसाईकलले खड्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनी गम्भिर घाईते भएका थिए ।

घाईते खड्कीको बिराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा करिब १२ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।ठक्कर दिने मोटरसाईकल र चालक सुनसरी सोनापुर बस्ने बिष्णु चौधरी ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.