१७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई बुझाए मर्जरमा जाने प्रतिवद्धता पत्र(नामावली सहित)

१७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई बुझाए मर्जरमा जाने प्रतिवद्धता पत्र(नामावली सहित)

२४ असार, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशनात्मक सल्लाह दिएयता १७ वटा बैंकले मर्जरका लागि प्रतिवद्धता जनाएका छन् ।सोमबार बेलुकासम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले मर्जरमा जाने प्रतिवद्धता सहित राष्ट्र बैंकलाई पत्र बुझाएका हुन् ।

राष्ट्र बैंकले मर्जर जान प्रोत्साहन गरे बैंकहरू मर्जरमा जान तयार रहेको पत्र आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘ प्रोत्साहन भए आफूहरू मर्जर जान तयार भएको प्रतिवद्धता सहित पत्र राष्ट्र बैंकमा पेश भएको छ,’ उनले भने ।

सरकारी तीन सहित अन्य ११ बैंकले भने राष्ट्र बैंक समक्ष मर्जरका विषयलाई लिएर पत्र बुझाएका छैनन् ।

यी हुन् राष्ट्र बैंकमा पत्र बुझाउने १७ वाणिज्य बैंक:
१.एनएमबी
२.सनराइज
३.सिटिजन
४.लक्ष्मी
५.एनसीसी
६.सानिमा
७.सिभिल
८.माछापुच्छ्रे
९.सेन्चुरी
१०.नेपाल एसबीआई
११.ग्लोबल
१२.जनता
१३. नेपाल इन्भेष्टमेन्ट
१४.एनआईसी एशिया
१५.हिमालयन
१६. मेगा
१७. कुमारी

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.