सर्लाहीमा पुनः हात्ती आतङ्क

सर्लाहीमा पुनः हात्ती आतङ्क

सर्लाही : सर्लाहीको ईश्वरपुर क्षेत्रमा पुनः जङ्गली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका छन् । जिल्लाको उत्तर¬–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिकाको सागरनाथ वन विकास परियोजनास्थित जङ्गल क्षेत्रमा दुई दिनदेखि दुईवटा जङ्गली हात्ती देखा परेको हो । केही महिना अघि जङ्गली हात्तीले ईश्वरपुर नगरपालिकाको सागरनाथ, भक्तिपुर, गौरीशङ्करलगायतका क्षेत्रमा दर्जनौं घर भत्काएको थियो भने किसानले खेतबारीमा लगाएको बालीनाली नष्ट गरेको थियो । त्यसबेलाका पीडितले अझै राहत पाएका छैनन् ।

चैत वैशाखमा जङ्गलमा डढेलो लाग्न थालेपछि आफै बेपत्ता भएका हात्ती पुनः जङ्गल फर्किएपछि स्थानीय त्रसित भएका हुन् । शनिवार राती ईश्वरपुर नगरपालिका–२, राईटरखोर क्षेत्रमा देखा परेको हात्ती आइतवार राती ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करस्थित हरकठवा गाउँ नजिक सागरनाथ जङ्गलमा देखा परेको हो ।
आइतवार राती बरहथवाबाट जन्ती लिएर आएको बसलाई हात्तीले अवरोध गर्न खोज्दा केहीबेर खैलाबैला मच्चिएको थियो । बयलवासतर्फ आउने सडकमा निस्किएका दुईवटा हात्ती बसमा सवार जन्तीले हो–हल्ला गरेपछि जङ्गलतर्फ छिरेको स्थानीय स्वास्थ्यकर्मी नागेन्द्र यादवले जानकारी दिनुभयो ।,यो समाचार गोरखापत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.