२४ असार, सिन्धुली ।
घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा माटोको ढिस्कोले पुरिएर सिन्धुलीकम एक युवतीको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा ढिस्कोले पुरिएर सुनकोसी गाउँपालिका–६ माख्लोटोलकी २४ वर्षीया शर्मीला रम्तेलकोमृत्यु भएको हो ।घटनामा परेर अरू ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेमा स्थानीय ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकमाया रम्तेल रहेका छन् ।घाइतेमध्ये विमला रम्तेलको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरेर सुनकोसी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा लगिएको छ।
मृतक रम्तेल लगाएत त्यस क्षेत्रका स्थानिय दलित परिवारका सदस्यहरुले जीवीका चलाउनका लागी बेशीको रातो माटोलाई लेकमा लगेर आलु लगायतका तरकारी र अन्नपातसँग साट्ने गरेको स्थानियले बताए ।