कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध

कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध

२४ असार, काठमाडौँ ।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् । पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारेका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताएका हुन् ।

विप्लब समूहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो पछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समूह र विप्लब समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको समूहबीच जम्काभेट हुँदा पौडेल समूहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताएका थिए ।

सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरि बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.