‘म यस्तो गीत गाउँछु २’ मा पनि पल र पुजाकै जोडी, मनकामनामा गरियो शुभ मूहुर्त

‘म यस्तो गीत गाउँछु २’ मा पनि पल र पुजाकै जोडी, मनकामनामा गरियो शुभ मूहुर्त

२४ असार, काठमाडौँ ।
चलचित्र ‘म यस्तो गीत गाउँछुु’ को दोस्रो शृङ्खला ‘म यस्तो गीत गाउँछ–२’मा पनि पल शाह र पूजा शर्माको जोडीलाई देख्न पाईने भएको छ ।

‘म यस्तो गीत गाउँछुु’मा रुचाईएको यो जोडिलाई फेरी पनि एउटै पर्दामा देख्न पाईने भएको हो । यसैबिच मंगलबार बिहान चलचित्रको मनकामनामा शुभ मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा निर्देशक सुदर्शन थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए ।

दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । चलचित्रको प्रदर्शन मिति आउँदो फागुन २३ गतेलाई घोषणा गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.