बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

काठमाडौं : बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ। ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले ९ वर्षको जेल सजाय सुनाएको हो।

विशेष सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए। बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो।

नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार जस्तो अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा चलाएको थियो।,याे खबर आजकाे नागरिक दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.