विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र : कतै कर्मचारी छैनन्, कतै मेसिन छैन

विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र : कतै कर्मचारी छैनन्, कतै मेसिन छैन

काठमाडौं : सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्।

विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ। जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफू आउने गरेका छन्। नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि विषादी परीक्षण हुन सकेको छैन। झापाको बिर्तामोड, सर्लाही, रुपन्देही, वीरगन्ज, नेपालगन्ज र महेन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला देखाउने दाँतमात्र भएका छन्।

बिर्तामोडस्थित कृषि बजारमा चार वर्षअघि स्थापना भएको प्रयोगशालामा किसान र व्यापारीले तरकारी र फलफूलमा विषादीको मात्रा कति छ भने र जाँच गराउदैनन्। सर्लाही नवलपुरको उष्णप्रदेशीय बागवानी केन्द्र परिसरमा २०७४ सालमा स्थापना भएको प्रयोगशालामा दरबन्दीअनुसार कर्मचारी छैनन्।

बुटवलस्थित विषादी जाँच प्रयोगशालाले दुई महिनादेखि काम गर्न सकेको छैन। महेन्द्रनगरको गड्डाचौकी नाकामा रहेको क्वारेन्टाइन कार्यालय र धनगढीको त्रिनगरमा रहेको गड्डाचौकी क्वारेन्टाइन कार्यालयकै शाखा कार्यालयमा तरकारी, फलफूललगायत खाद्य पदार्थमा बिषादी जाँच्ने उपकरण र जनशक्ति दुवै छैन।, याे खबर आजकाे नागरिक दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.