२५ असार, विराटनगर ।
भोजपुरको सदरमुकाम भोजपुर बजारमा विप्लव कार्यकर्ताले हानेको गोली लाग्दा एक प्रहरी जवानको मृत्यु भएको छ । त्यस्तै प्रतिकारमा प्रहरीले गोली चलाउँदा विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।