ओखलढुंगामा बस दुर्घटना : ३ को मृत्यु,१७ घाइते

ओखलढुंगामा बस दुर्घटना : ३ को मृत्यु,१७ घाइते

२५ असार, ओखलढुङ्गा ।
सिद्दीचरण राजमार्ग अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवा डाडामा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको काकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको मातृभाग्यरेखा प्रालिको नाईट बस आज बिहान साढे ३ बजे आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा जनाएको छ।

दुर्घटनाबाट बसमा सवार २० जना मध्ये झापा पथरियाका ४५ बर्षिय कृष्ण बहादुर बस्नेत(चालक), सोलु दुधकुण्डकी ५२ बर्षिया माया थापा र सिन्धुली कमलामाईका ३५ बर्षिय लाल बहादुर धामिको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट घाईते भएका ५ जनालाई उपचारको लागि काठमाडौँ पठाईएको छ भने अन्यको ओखलढुंगा र उदयपुरका स्थानिय मेडिकलमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.