प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्न प्रस्ताव

प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्न प्रस्ताव

२५ असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरुको एक तह स्वतहः बढुवा गर्नुपर्ने पनि स्पष्ट पारे ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीको हकमा लागू भईसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याईँ गर्न नहुने तर्क पनि गरे ।

विधेयकमा करिव २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्यलाई प्रदेश प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको छ । सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उठाउन पनि उनीहरुको एक तह स्वतह बढुवा गर्न उपयुक्त हुने धारणा समितिमा पेश परे ।

काँग्रेस सांसद बडुले प्रदेश प्रहरीलाई पनि प्रभावकारी ढंगले काम गराउन उनीहरुको मनोबललाई गिराउने काम गर्न नहुने पनि बताए । विधेयकमा २० हजार प्रहरी संघमा र करिव ५५ हजार प्रहरी प्रदेश प्रहरीमा समायोजन हुने उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.