कांग्रेस र राजपाको नाराबाजीका बीच संसद बैठक सञ्चालन

कांग्रेस र राजपाको नाराबाजीका बीच संसद बैठक सञ्चालन

२५ असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसहरुले उभिएर विरोध जनाईरहेका बेला सभामुखले बोल्नका लागि समय नदिईकनै बैठकको कार्यसुची अगाडि बढाएका हुन् ।

कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि नाराबाजी गरिरहेकै समयमा संसदीय व्यवस्था कायम गर्न माग गर्दे नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौँ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।

सचिव योगीले नाराबाजीकै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.