अविरल वर्षाका कारण जलमग्न बन्यो विराटनगर, पसलमा पनि पस्यो पानी (फोटो फिचरसहित)

अविरल वर्षाका कारण जलमग्न बन्यो विराटनगर, पसलमा पनि पस्यो पानी (फोटो फिचरसहित)

२५ असार, विराटनगर ।
मंगलबार रातीदेखि परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न टोलहरु जलमग्न भएको छ । विराटनगरको वडा नम्बर ९ स्थित महाबीरचोकको पुर्वपट्टिको सडक पानी जमेका कारण पुरै जलमग्न भएको छ । बर्षाको पानीले निकास नपाउँदा सो क्षेत्रका ब्यापारीहरुको पसल र गोदाममा समेत पानी प्रवेश गरेको छ ।

पसलमा पानी प्रवेश गरेका कारण ब्यापारीहरुले आर्थिक क्षति समेत बहोर्नुपरेको गुनासो गरेका छन् । विराटनगर महानगरपालिकाले गम्भीरता पुर्वक चासो नलिएका कारण ब्यापारीसहित सर्वसाधारणले सास्ती झेल्नुपरको स्थानिय ब्यापारी बिजय महतोले बताए । यसअघि नै नाला खनेर पानी निकासको ब्यवस्था गर्न सकिएपनि सरोकारवालाले चासो नलिएको उनको भनाई छ ।

पानी जमेको कारण छेउमै रहेको तरकारीको थोक बजार समेत प्रभावित भएको छ । बाहिरबाट ल्याईएका हरियो सब्जीहरु अनलोड गर्न र भण्डारण गर्न समस्या भएको स्थानिय ब्यापारीहरुले बताएका छन् । त्यहांका मजदुहरु जमेको पानी छिचोल्दै सब्जी बोक्न बाध्य भएका छन् ।

त्यहां निर्माणाधिन ६ लेन सडक परियोजनाले पुर्वपट्टी नाला बनाउन बाँकी रहेकाले पानी जमेको विराटनगर महानगरपालिकाका इन्जीनियर घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबार रातीदेखी परेको पानीले विराटनगर महानगरपालिकाको उत्तरी क्षेत्र तीनपैनी,पोखरीया सहित दक्षिणीक्षेत्र रानीका अधिकाश टोल र सडकहरु जलमग्न भएका छन् । दक्षिणी क्षेत्र रानीका विभिन्न टोलका बासिन्दाका घर आंगन र सडकहरुमा कयौं फिट पानी जमेका कारण सर्वसाधारणले सास्ती झेल्नु परेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.