विधायन व्यवस्थापन समितिमा देवको असहमति

विधायन व्यवस्थापन समितिमा देवको असहमति

२५ असार, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले संघीय संसदको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको कार्यशैलीप्रति गम्भिर असहमति जनाएका छन् ।

समितिका सदस्य समेत रहनु भएका सांसद देवले प्रतिपक्ष दलका सांसदसँग परामर्श समेत नगरी बैठकको एजेन्डा तय गर्ने काम भईरहेको भन्दै सभापति गुरुङको कार्यशैलीप्रति गम्भिर असहमति जनाएका हुन् । समितिको बुधबारको बैठकमा ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले आफ्नो दलसँग परामर्श समेत नगरी विज्ञहरु छनौट गरेर सभापति एक्लैले बैठक बोलाउने गरेकोमा आपत्ति जनाउँदै त्यसलाई आफ्नो दलले स्विकार गर्न नसक्ने पनि स्पष्ट पारे । काँग्रेस सांसद देवले समितिको बैठक बोलाउनु अघि एजेन्डा तय गर्ने विषयमा विपक्ष दलका सांसदहरुको पनि परामर्श लिन सभापति गुरुङसँग माग पनि गरे । समितिका सभापति गुरुङले दलीय सहमतिको आधारमा समितिको बैठक संचालन गर्नुपर्ने उनको तर्क छ ।

सांसद देवले समितिको बैठकमा सहभागी गराउने विज्ञहरुको छनौटमा समेत सभापति गुरुङले आफूहरुसँग सामान्य परामर्श नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.