माछा मार्ने क्रममा करेन्ट लाग्दा १ जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा १ जनाको मृत्यु

२६ असार, इटहरी ।
ईटहरी उपमहानगरपालिका–४ स्थित विश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागेर २९ बर्षीय महेश चौधरीको मृत्यु भएको छ ।

चौधरीले बुधबार राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

चौधरी विश्वआदर्श स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.