२६ असार, विराटनगर ।
मनसुन भित्रिएपछि केहीदिनदेखि लगातार देशभर वर्षा भईरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आगामी तीन दिनको विज्ञप्ति निकालेर देशभर बदली भई लगातार वर्षाको सम्भावना रहेको जनाएको छ ।
लगातार वर्षाका कारण हरेक खोला नालाहरु जुनसुकै बेला सतर्कता माथि जानसक्ने भएकोले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । वर्षाका कारण प्रदेश १, प्रदेश २ र प्रदेश ३ का खोला नालाहरुले जुनसुकैबेला सर्तकता नाघ्न सक्ने भएकोले डुबान भईरहने क्षेत्र र बाढी पसिरहने क्षेत्रबाट सुरक्षित स्थान खोजी तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
त्यस्तै बाढी पुर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर बिहीबारपनि चुरे क्षेरबाट बहने नदीनालाहरुमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । महाशाखाले बिहीबार बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दधु कोसी, सनु कोसी, कमला र बागमती तथा राप्ती जलाधारमा बहाब उच्च हुने भएकोले र सर्तकता तह पनि पुग्न सक्ने जनाएको छ ।