२६ असार, काठमाडौँ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्नु आग्रह गरेका हुन् ।
संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे । भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो ।
त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली काँग्रेसले कानुन , संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए । मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानविनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहो¥याए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानविन गर्दैमा सो समस्या समाधान नहुने दाबी पनि गरे ।